काठमाडौं । बारा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव निर्वाचित भएका छन् ।
भर्खरै सार्वजनिक मत परिणामअनुसार सत्तारूढ गठबन्धनका साझा उमेदवार यादव २८ हजार ४ सय १५ मतसहित निर्वाचित भएका हुन् । जिल्ला निर्वाचन कार्यलयडका अनुसार यादवका निकटतम प्रतिस्पर्धी जनमत पार्टीका शिवचन्द्र कुशवाहले २३ हजार ३ सय ३४ मत प्राप्त गरे । उनीहरुको मतान्तर पाँच हजार ८१ रहेको छ ।
त्यसैगरी तेस्रो बनेका नेकपा (एमाले)का पुरुषोत्तम पौडेलले १० हजार २ सय १६ मत पाए । राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार रमेश खरेलले दुई हजार ८ सय २९ मत प्राप्त गरे ।
आइतबार भएको उपनिर्वाचनमा ६९ हजार १ सय ७ मत खसेको थियो । गएको मंसिर ४ को निर्वाचनमा निर्वाचित भएका जसपाका सांसद रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त पदमा उपनिर्वाचन भएको हो । मंसिर ४ को निर्वाचनमा सप्तरी क्षेत्र नम्बर २ बाट जनमत पार्टीका अध्यक्ष सीके राउतसँग भारी मतले पराजित भएका यादव पुनस् उपनिर्वाचनमा लडेका हुन् ।
६३र६४ पछि मधेस राजनीतिमा उदाएका यादव ६४, ७० र ७४ को चुनावबाट लगातार संसद बनेका थिए । ६४ सालको पहिलो संविधानसभा निर्वाचनमा मोरङ–५ र सुनसरी–५ क्षेत्रबाट निर्वाचित भएका यादव
७० सालको दोस्रो संविधानसभामा मोरङ–५ बाट पराजित भएपनि सुनसरी–५ बाट निर्वाचित भएका थिए । यादव ७४ मा सप्तरी–२ बाट निर्वाचित भएका थिए ।



