काठमाडौं । नेपाल राष्ट्र बैंकले अब बैंकहरुले बचत खातामा दिईने ब्याजदर २ प्रतिशत भन्दा फरक नगर्न निर्देशन दिएको छ । मंगलबार राष्ट्र बैंकले सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो ।
राष्टै बैंकले नयाँ बचत खाताका विकास गर्दा पुरानो खाताको ब्याजदर अन्यन्तै कम भएको गुनासो आएपछि यस्तो गुनासोलाई सम्बोधन गर्न सो नियम लगाएको हो ।
‘विभिन्न प्रकारण्का बचत खातामा दिईने ब्याजदरको अन्तर २ प्रतिशत बिन्दुभन्दा फरक पार्न पाईने छैन । ब्याजदर परिवर्तन गर्दा वा नयाँ बचत खाताको विकास गर्दा सबै प्रकारका बचत खाताको ब्याजदर सोही बमोजिम समायेजन गर्नुपर्ने व्यवस्था गरिएको छ ।’ राष्ट्र बैंकले जारी गरेको सूचनामा उल्लेख छ ।
