images
images

पुरानो बसपार्कस्थित प्रहरी बिटमा महानगरको डोजर


  • 254
    SHARES
  • २०८० बैशाख १२ गते मंगलबार

    पुरानो बसपार्कस्थित प्रहरी बिटमा महानगरको डोजर

    काठमाडौं । काठमाडौं महानगरपालिका पुरानो बसपार्कस्थित प्रहरी बिट हटाएको छ । मंगलवार महानगरपालिकाले काठमाडौंको भ्युटावर नजिक रहेको पुरानो बसपार्कमस्थित  सडकपेटीको प्रहरी बिट हटाएको हो । 

    महानगरपालिकाले सडक पेटीमा रहेको प्रहरी बिट हटाउने योजनाअनुसार काम अघि बढाएको हो । पुरानो बसपार्क क्षेत्रमा रहेको बिटले सडक र पेटीमा असर गरेकाले समस्या परेको भन्दै प्रहरी बिट हटाएको महानगरपालिकाले जनाएको छ । 

    काठमाडौं महानगरपालिकाले उक्त विटमा रहने प्रहरीहरुलाई काठमाडौं महानगरपालिकाको २८ नम्बर वडा कार्यालय परिसरमा अस्थायी रुपमा व्यवस्थापन गरेको छ ।

     

     


    images
    images

    Logo