काठमाडौं । चितवन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ४३ हजार २५ मतान्तरले विजयी भएका छन् ।
लामिछानेले कुल ५४ हजार २ सय ७६ मत ल्याएर गरेर विजयी भएका छन् भने उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका जीत नारायण श्रेष्ठले ११ हजार २ सय ५१ मत प्रप्त गरेका छन् ।
त्यस्तै, एमाले उम्मेदवार रामप्रसाद न्यौपानेले १० हजार ९ सय ३५ मत प्राप्त गरेका छन् । उक्त क्षेत्रमा कुल ७८ हजार २ सय ७७ मत खसेको थियो ।
यस्तै, तनहुँ क्षेत्र नं १ मा पनि रास्वपाका उम्मेदवार डा. स्वर्णिम वाग्ले विजयी भएका छन् । उनले उनका निकटतम प्रतिद्वन्दी नेपाली काङ्ग्रेसका उम्मेदवार गोबिन्द भट्टराईलाई १४ हजार ६९ मतान्तरसहित पराजित गरेका छन् ।
वाग्लेले ३४ हजार ९ सय १९ मत ल्याए । उनका निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उमेदवार गोविन्द भट्टराईले २० हजार १ सय २२ मत पाए ।
बारा क्षेत्रमा भने हाल मतगणना कार्य जारी छ । सो क्षेत्रमा जनता समाजवादीका उम्मेदवार उपेन्द्र यादवले अग्रता लिएका छन् । पछिल्लो मत परिणम अनुसार यादवले १३ हजार ८ सय ४ मत पाएका छन् भने उनका निकटतम प्रतिस्पर्धी जनमत पार्डीका उम्मेदवार शिवचन्द्र कुशावहले ९ हजार २ सय ३१ मत प्राप्त गरेका छन् ।



