images
images

बारामा उपेन्द्र यादव ४ हजार भन्दा बढी मतले अगाडी, कस्को कति ? 


  • 249
    SHARES
  • २०८० बैशाख १२ गते मंगलबार

    बारामा उपेन्द्र यादव ४ हजार भन्दा बढी मतले अगाडी, कस्को कति ? 

    काठमाडौं ।  बारा क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टीका अध्यक्ष तथा सत्ता गठबन्धनका साझा उम्मेदवार उपेन्द्र यादवले अग्रता बढाएका छन् । मतगणनाको पछिल्लो नतिजा अनुसार निकतटम प्रतिस्पर्धी जनमत पार्टीका शिवचन्द्रप्रसाद कुशवाहालाई यादवले ४ हजार ३ सय ६० मतान्तरले पछि पारेका छन् ।

    हालसम्मको मत गणनाअनुसार यादवले १२ हजार ८ सय ४८मत प्राप्त गरेका छन् । यादवलाई जनमत पार्टीका कुशवाहाले ८ हजार ४ सय ८८ मतका साथ पछ्याइरहेका छन् ।

    त्यस्तै, एमालेका उम्मेदवार पुरुषोत्तम पौडेल ४ हजार ५ सय १६ मतका साथ तेस्रो स्थानमा छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका रमेशप्रसाद खरेलले १ हजार १ सय ७४ मत प्राप्त गरेका छन् ।

     


    images
    images

    Logo