काठमाडौं । सुनचाँदी बजारमा आज फेरि सुनको मूल्य बढेको छ । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
सोमबार १ लाख ९ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ४ सय रुपैयाँले बढेर १ लाख ९ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख ९ हजार रुपैयाँ कायम भएको छ भने चाँदी प्रतितोला १ हजार ४ सय २० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।