images
images

राष्ट्रिय प्रत्यारोपण केन्द्रमा एकै वर्षमा २०६ मृगौला प्रत्यारोपण


  • 260
    SHARES
  • २०८० बैशाख १२ गते मंगलबार

    राष्ट्रिय प्रत्यारोपण केन्द्रमा एकै वर्षमा २०६ मृगौला प्रत्यारोपण

    भक्तपुर । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको ११ औं वार्षिक उत्सव सोमवार बिभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । मानब अंग प्रत्यारोपण केन्द्रका पूर्व अध्यक्ष डा शुशील नाथ प्याकुरेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा एक वर्ष भरी केन्द्रमा भएको प्रगतिका बारेमा केन्द्रका कार्यकारी निर्देशक डा। पुकार चन्द्र श्रेष्ठले प्रस्तुत गर्दै एक वर्षको अवधिमा २०६ जनाको मृर्गौला प्रत्यारोण गरिएको जानकारी दिए । 

    डा श्रेष्ठका अनुसार, गत एक वर्षको अवधिमा २७ हजार ८ सय ६७ जनाको हेमोडाइलाइसिस गरिएको छ । त्यसैगरी शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा पछिल्लो वर्ष दुई लाख ३७ हजार ५ सय ५५ जनाको ल्याब टेष्ट गरिएको छ । सोहि अवधिमा ८ सय २२ ठुला शल्यक्रीया तथा ९ सय ९१ साना शल्यक्रीया सम्पन्न भएको केन्द्रका कार्यकारी निर्देशक श्रेष्ठले जानकारी दिएका थिए । सोहि कार्यक्रममा मस्तिष्क मृत्यूबाट निकालिएको चार वटा मृगौला तथा दुई वटा कलेजो प्रत्यारोपण गरिएको जानकारी दिइएको थियो ।  

    गत वर्षभरीमा अस्पतालको ओपिडीमा ५४ हजार ८ सय ३६ जनाले जाँच गरेका थिए भने क्याथ ल्याव सेवा लिनेको संख्या १ सय ५९ रहेको थियो । त्यसैगरी केन्द्रमा १ हजार ९ सय १६ जनाको सिटी स्क्यान गरिएको कार्यक्रममा जानकारी गराइएको थियो । वार्षिक उत्सव कार्यक्रममा विरामीको प्रतिनिधित्व गर्ने मृगौला पिडित समाजका अध्यक्ष झमक श्रेष्ठ र मृगौला सोकार समाजका अध्यक्ष बलराम सुबेदीले केन्द्रमा कार्यरत सम्पुर्ण कर्मचरीले विरामीको उपचारमा पु¥याएको सेवा र सहयोगको उच्च सम्मान सर्वसुलभ शुल्कमा गरिने गुणस्तरीय उपचारबाट सर्वसाधारणले ठुलो राहत पाएको उल्लेख गरे ।

    कार्यक्रममा सुभकामना मन्तव्य दिँदै बोडका सदस्य प्रेम प्रकास उप्रेतीले केन्द्रमा कार्यरत सम्र्पुण कर्मचारीको मेहनत र परिश्रमको कदर गर्नु पर्ने र आगामी दिनमा केन्द्रले अझ सफलता हासिल गर्न शुभकामना दिए । एघारौ बार्षिक उत्सव समाहरोहमा केन्द्रमा कार्यरत कर्मचारीमध्ये उत्कृष्ट सेवा गर्ने वाडमा कार्यरत स्टाफ नर्स कमला शर्मालाई पुरस्कृत गरिएको थियो ।

    कार्यक्रमलाई सम्बोधनगर्दै केन्द्रका कार्यकारी निर्देशक डा श्रेष्ठले सम्पूर्ण चिकित्सक, नर्स प्राविधिक, प्रशासनिक कर्मचारी, सुरक्षा गार्ड, सरसफाइका कर्मचारीको निरन्तरको प्रतिवद्धता र योगदानबाट केन्द्रले उपलव्धी हांसिल गरेको बताए । अंगदान र प्रत्यारोपण सम्बिन्ध यस बर्ष मात्र केन्द्रले एक सयबढी विभिन्न कार्यक्रम र त्रियाकलापहरु गरेको डा श्रेष्ठको भनाई थियो । 

    आगामि दिनमा अंग प्रत्यारोपणलाई अझ प्रभावकारी बनाउँन प्रत्यारोपण प्रतिष्ठान निर्माण गर्ने, देशको सातै प्रदेशमा प्रत्यारोपण सेवा विस्तार गर्ने, केन्द्रको क्षमता विस्तार गरी ५०० शैयाको अत्याधुनिक सुविधा सम्पन्न केन्द्र बनाउने र कर्मचारीको वृत्ति विकास हुने विभिन्न क्रियाकालापलाई केन्द्रले प्राथमिकतामा राखेको डा। श्रेष्ठको भनाई थियो ।


    images
    images

    Logo