काठमाडौं । प्रतिनिधिसभा उपनिर्वाचनअन्तर्गत चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार रवि लामिछानले मतान्तर फराकिलो बनाएका छन् । पछिल्लो मतपरिणाम अनुसार रविले ४० हजार ६९ मत प्राप्त गरेका छन् ।
उनका निकटम ५६ हजार मत गन्दा प्रतिस्पर्धी नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले सात हजार ४५८ मत पाएका छन् । उनीहरुबीचको मतान्तर ३३ हजार ८९ रहेको छ ।
तेस्रो स्थानमा रहेका नेकपा (एमाले)का रामप्रसाद न्यौपानेले ७ हजार २६७ मत पाएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।