काठमाडौं । बारा क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टीका अध्यक्ष तथा सत्ता गठबन्धनका साझा उमेदवार उपेन्द्र यादवले अग्रता बढाएका छन् ।
मतगणनाको पछिल्लो नतिजा अनुसार २० हजार ५०० मतगणना गर्दा यादवले आठ हजार ८८१ मत प्राप्त गरेका छन् ।उनका निकटतम प्रतिस्पर्धी जनमत पार्टीका उमेदवार शिवचन्द्र कुशवाहले ६ हजार १७९ मत पाएका छन् । उनीहरुबीचको अन्तर २ हजार ३८९ रहेको छ ।
एमालेका उमेदवार पुरुषोत्तम पौडेलले तीन हजार ५३८ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले एक हजार १६७ र आम जनता पार्टीका अरुणकुमार ज्ञवालीले ५७१ मत प्राप्त गरेका छन् । ३०५ मत बदर भएको छ जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।