images
images

तनहुँ क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले बिजयी


  • 273
    SHARES
  • २०८० बैशाख १२ गते मंगलबार

    तनहुँ क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले बिजयी

    काठमाडौं । तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डा. स्वर्णिम वाग्ले भारी मतान्तरसहित बिजयी भएका छन् । निकटतम प्रतिद्वन्दी नेपाली काङ्ग्रेसका उम्मेदवार गोबिन्द भट्टराईलाई १४ हजार ६९ मतान्तरसहित पराजित गर्दै वाग्ले  निर्वाचित भएका हुन् ।

    वाग्लेले ३४ हजार ९१९ मत ल्याए । उनका निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उमेदवार गोविन्द भट्टराईले २० हजार १२२ मत पाए ।
    तेस्रो स्थानमा रहेका नेकपा ९एमाले०का सर्वेन्द्र खनालले आठ हजार ४८८ मत प्राप्त गरे ।

     यो क्षेत्रमा ६५ हजार २९८ मत खसेको थियो । ०७९ मंसिर ४ मा भएको निर्वाचनमा यो क्षेत्रमा नेपाली कांग्रेसको तर्फबाट रामचन्द्र पौडेल निर्वाचित भएका थिए । पौडेल फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएपछि यो क्षेत्रमा उपनिर्वाचन भएको हो ।
    उपनिर्वाचन जितेका वाग्ले अर्थविद् हुन् । उनी राष्ट्रिय योजना आयोगको पूर्वउपाध्यक्ष, सदस्य भएका थिए ।

    अष्ट्रेलियाको अष्ट्रेलियन नेसनल विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका वाग्लेले अमेरिकाको हार्भड विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय विकासमा स्नातकोत्तर र बेलायतको लन्डन स्कुल अफ इकोनोमिक्सबाट अर्थशास्त्रमा स्नातक गरेका छन् । उनले विश्व बैकको मुख्यालय, वासिङ्टन डीसीमा वरिष्ठ अर्थशास्त्रीको रुपमा समेत लामो समय काम गरेका थिए । वाग्ले चैत १६ गते मात्र कांग्रेस परित्याग गरी रास्वपाबाट उम्मेदवार बनेका हुन् ।

    नेपाली कांग्रेसको महासमिति सदस्य रहेका वाग्ले स्थानीय तह निर्वाचन र प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसको घोषणापत्रको मस्यौदा समितिमा रहेर काम गरेका थिए ।


    images
    images

    Logo