काठमाडौं । तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेको फराकिलो अग्रता कायम छ ।
पछिल्लो अपडेट अनुसार उनले १५ हजार मत कटाएका छन् । वाग्लेले १५ हजार १३५ मत पाउँदा नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ८ हजार ७३१ मत पाएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार गोविन्दलाई स्वर्णिमले ६ हजार ४०४ मत अन्तरले पछि पारेका छन् ।
एमालेका उम्मेदवार सर्वेन्द्र खनालले ५ हजार मत पाएका छन् । खनाल र भट्टराईको मत जोड्दा पनि वाग्लेको भन्दा कम हुन आउँछ ।