काठमाडौं । सुनचाँदी बजारमा आज पनि सुनको मूल्य घटेको छ । सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९ हजार १ सय रुपैयाँ कायम भएको छ ।
आइतबार प्रतितोला १ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला २ सय रुपैयाँले घटेर १ लाख ९ हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख ८ हजार ६ सय रुपैयाँ कायम भएको छ भने चाँदी प्रतितोला १ हजार ४ सय २० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।