images
images

कीर्तिपुर ४ का वडाध्यक्ष श्यामकुमार अधिकारीको निधन


  • 449
    SHARES
  • २०८० बैशाख १० गते आइतबार

    कीर्तिपुर ४ का वडाध्यक्ष श्यामकुमार अधिकारीको निधन

    काठमाडौं । कीर्तिपुर नगरपालिका–४ का वडाध्यक्ष श्यामकुमार अधिकारीको निधन भएको छ । मोटरसाइकल दुर्घटनामा परी सख्त घाइते हुनुभएका उहाँको आज उपचारका क्रममा निधन भएको नगर उपप्रमुख शुभलक्ष्मी शाक्यले जानकारी दिइन् ।  

    अधिकारी  यही वैशाख १ गते वडा नं–४ स्थित चम्पादेवी मेलामा सरिक हुन जाँदै गर्दा बा८३प ९४४८ नम्बरको मोटरसाइकल दुर्घटनामा परी घाइते भएका थिए । उनी चढेको मोटरसाइकल पुष्पलाल उद्यान नजिक  दुर्घटनामा भएको थियो । 

    टाउकोमा गम्भीर चोट लागेका वडाध्यक्ष अधिकारीलाई उपचारका लागि माइतिघरस्थित अन्नपूर्ण न्यूरो अस्पताल भर्ना गरिएको थियो । उनी गत वर्ष वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा स्वतन्त्र  उम्मेदवारका रुपमा निर्वाचित भएका थिए ।


    images
    images

    Logo