images
images

चितवनमा ५१, तनहुँ  र बारामा ४५ प्रतिशत मतदान, चितवनमा रोकिएको बुथमा मतदान सुचारु  


  • 194
    SHARES
  • २०८० बैशाख १० गते आइतबार

    चितवनमा ५१, तनहुँ  र बारामा ४५ प्रतिशत मतदान, चितवनमा रोकिएको बुथमा मतदान सुचारु  

    चितवन । उप निर्वाचन अन्तर्गत चितवन–२ मा ५१, तनहुँ–१ र बारा २ मा समान ४५ प्रतिशत मतदान भएको छ । ती क्षेत्रका निर्वाचन अधिकारीका अनुसार तीनै क्षेत्रका सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ ।  चितवन–२ को उपनिर्वाचनमा उत्साहजनक रुपमा मतदान भइरहेको छ। 

    निर्वाचन आयोगका अनुसार चितवन–२ मा दिउँसो ३ बजेसम्म ५१ प्रतिशत मत खसेको छ। उता तनहुँ क्षेत्र नम्बर १ मा २ वजेसम्ममा ४५ प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद अधिकारीका अनुसार त्यहाँ शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको छ ।

    त्यसैगरी बारा क्षेत्र नं २ मा आइतबार दिउँसो २ः३० बजेसम्म ४५ प्रतिशत मतदान भएको भएको छ । बारा क्षेत्र नं २ को सबै मतदान केन्द्रमा शान्तिपूर्णरुपमा मतदान भइरहेको र साढे २ बजेसम्ममा ४५ प्रतिशत मतदान भइसकेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
     
    यसैबीच, भरतपुर ११ नयाँ किरण कमल कुसुम माविमा केहिवेर रोकिएको मतदान केहिवेरअघि पुनः सुचारू भएको छ । दुई पक्षीय विवादका कारण प्रभावित भएको मतदान सर्वदलीय बैठक पछि  पुनः सुचारु भएको छ ।

     


    images
    images

    Logo