काठमाडौं । एसिसी प्रिमियर कप एकदिवसीय क्रिकेट प्रतियोगिताअन्र्गत आज भएको खेलमा संयुक्त अरब इमिरेट्स (युएई)ले सिङ्गापुरलाई जितका लागि ४ सय ७२ रनको विशाल लक्ष्य दिएको छ ।
कीर्तिपुरसस्थत त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको युएईले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै ४ सय ७१ रनको योगफल तयार गरेको हो । युवा ब्याटर वृत्य अरविन्दले सर्वाधिक १ सय ७४ रनको योगदान दिए । १ सय ३३ बल खेलेका उनले १७ चौका र ७ छक्काको मद्दतमा १ सय ७४ रन जोडेका हुन् ।
त्यसैगरी, यूएईका लागि कप्तान मोहमद वासिम र वृत्य अरबिन्दले शतकीय पारी खेले । २२ रनमा पहिलो विकेट गुमाएको यूएईका उनीहरुले दोश्रो विकेटका लागि २ सय ४६ रनको साझेदारी गरेको थिए ।आयन अफजल खानले ७४ रन बनाए । उनले ५० बलमा ९ चौका ३ छक्कासहित ७४ रन बनाएका हुन् ।
यस्तै युवा ओपनर आर्यन लाक्रा ७ बलमादुई २ चौकासहित १२ रनमा आउट भए । आसिफ खान ११ तथा रोहन मुस्तफा ३ रनमा आउट भए । बलिङतर्फ सिङ्गापुरका आदित्य भर्गवले चार विकेट लिए भने रमेश कलिमुथुले तीन विकेट हात पारे । त्यस्तै विनोथ भास्करनले दुई विकेट लिदाँ मनप्रित सिंहले एक विकेट लिए ।



