काठमाडौं । चितवन चितवनको नवकिरण कमलकुसुम माध्यामिक विद्यालय मतदान केन्द्रमा २ पक्षबीचच विवाद भएको छ । आइतबार भइरहेको उपनिर्वाचनमा रास्वपा र गठबन्धन तथा एमालेका कार्यकर्ताबीच विवाद बढ्दा मतदान प्रभावित भएको हो ।
मतदान केन्द्रमा रास्वपाका केही कार्यकर्ताले विभिन्न नाराबाजीसहित केन्द्रमा प्रवेश गरेपछि गठबन्धन तथा एमालेका कार्यकर्ताहरुले विरोध जनाएका थिए । सोही क्रममा २ पक्षबीच विवाद बढेको हो ।
पार्टीका कार्यकर्ताबीच विवाद बढेर झडप हुनलागेसँगै प्रहरलिे कार्यकर्तामाथि लाठीचार्ज समेत गरेको छ । सोही क्रममा प्रहरीले एमालेका केही कार्यकर्तालाई पक्राउ समेत गरेको जनाइएका छ ।