images
images

तीन क्षेत्रमा आज उपनिर्वाचन, बिहान ७ बजेदेखि ५ बजेसम्म मतदान


  • 321
    SHARES
  • २०८० बैशाख १० गते आइतबार

    तीन क्षेत्रमा आज उपनिर्वाचन, बिहान ७ बजेदेखि ५ बजेसम्म मतदान

    काठमाडौँ । रिक्त संघीय संसदका तीन क्षेत्रमा आज उपनिर्वाचन हुँदैछ । निर्वाचनको सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । बिहान ७ बजेदेखि ५ बजेसम्म मतदान हुनेछ ।

    आयोगले एक विज्ञप्ति जारी गर्दै बारा संघीय निर्वाचन क्षेत्र नम्बर २, चितवन २ र तनहुँ १ मा हुन गइरहेको उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ । 
    निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न आयोगले सबैखाले तयारी सम्पन्न गरेको जनाएको छ ।

    निर्वाचनका लागि निर्वाचन अनुगमन समिति, विशेष अनुगमन टोली र अनुगमन अधिकृतलाई खटाएको छ । मतदान कार्यमा खटिएका कर्मचारी एवं सुरक्षाकर्मीबाट समेत सूक्ष्म अनुगमनको कार्य भइरहेको आयोगले जनाएको छ । मतदान सम्पन्न भएसंगै मतपेटिका संकलन गरेर आजै रातिदेखि मतगणना शुरू गरेर तीन दिन भित्रमा परिणाम सार्वजनिक गर्ने आयोगले जनाएको छ ।


    images
    images

    Logo