images
images

थप ७८ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु


  • 205
    SHARES
  • २०८० बैशाख ९ गते शनिबार

    थप ७८ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

    काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणबाट आज एक जनाको निधन भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज एक जना उपचारत सङ्क्रमितको निधन भएको हो । शुक्रबार पनि एक जनाको निधन भएको थियो ।

    आज १ हजार १ सय ४८ नमूना परीक्षणमा ७८ जना सङ्क्रमित फेला परेका छन् । यस्तै आज ५० जना स्वास्थ्यलाभ गरी घर फर्किएका छन् । यसैगरी देशभरि २५ जना आइसोलेशन, ७ जना सघन उपचार कक्ष (आइसीयू) र ३ जना भेन्टिलेटरमा उपचार गराइरहेको मन्त्रालयले जनाएको छ । 


    images
    images

    Logo