काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत गुमाएका छन् । शनिबार भएको मत विभाजनमा प्रदेशसभाका ५९ मध्ये २४ सदस्यले मात्रै उनलाई विश्वासको मत दिएका हुन् । बाँकी ३५ जनाले उनको प्रस्तावको विपक्षमा मतदान गरेका थिए ।
योसँगै गण्डकी प्रदेशमा नयाँ सरकार गठनको बाटो खुलेको छ ।