काठमाडौं । नेपालका लगेस्पीनर सन्दीप लामिछाने ओडिआई क्रिकेटमा सवैभन्दा छिटो १ सय विकेट लिने खेलाडी बनेका छन् । एसीसी प्रिमियर कप अन्तर्गत ओमान विरुद्ध भइरहेको खेलमा लामिछानेले १ विकेट लिएपछि ४२ खेलमै १ सय विकेट लिएर कीर्तिमान बनाएका हुन् । उनले यसअघि रासिद खानले ४४ खेलमा बनाएको कीर्तिमान दुई खेल अगावै बनाएका हुन् ।
सन्दीपले ओमानका अदिल शफिक लाई आउट गर्दै ऐतिहासिक उपलब्धि हात पारेका हुन् । लामिछानेले ४२ खेल खेल्दै ओडिआईमा १ सय विकेट पूरा गरेका हुन् । यसअघि अफगानिस्तानका राशिद खानले ४४ खेलमा १ सय विकेट लिँदै उक्त कीर्तिमान बनाएका थिए ।
सन् २०१८ मा नेदरल्याण्ड्स विरुद्ध ओडिआईमा डेब्यु गरेका सन्दीपको बेस्ट बलिङ फिगर ६/११ हो ।