images
images

उपनिर्वाचनको दिन मनकामना केबलकार बन्द रहने


  • 217
    SHARES
  • २०८० बैशाख ८ गते शुक्रबार

    उपनिर्वाचनको दिन मनकामना केबलकार बन्द रहने

    काठमाडौं । वैशाख १० गते मनकामना केबलकारको सेवा बन्द रहने भएको छ । चितवन क्षेत्र नं २ मा हुन लागेको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनलाई लक्षित गरि केबलकार सेवा एक दिनका लागि बन्द गर्न लागिएको हो ।   

    चितवन जिल्लाको कुरिनटारबाट गोरखा जिल्लाको प्रशिद्ध शक्तिपिठ मनकामना जाने केबलकार मतदानको दिन सञ्चालन हुँदा भिड बढ्ने र सुरक्षा संवेदनशिल बढ्ने हुदाँ उक्त दिन मनकामना केबलकार बन्द रहने मनकामना दर्शन प्रालि ले जनाएको छ । 

    उपनिर्वाचनलाई लक्षित गरी केबलकार सेवा बन्द गर्न जिल्ला प्रशासन कार्यालय चितवनले गरेको आग्रह अनुसार सेवा बन्द गर्न लागिएको हो । मनकामना केबलकारको बटम स्टेसन चितवनको कुरिनटार क्षेत्र नं २ भित्र पर्छ ।

    वैशाख ११ गते देखि केबलकार पुनः सञ्चालनमा आउने प्रा लि ले जनाएको छ ।


    images
    images

    Logo