काठमाडौं । नेपाल राष्ट्र बैंकले ७ वटा वाणिज्य बैंकलाई कारवाही गरेको छ । राष्ट्र बैंकले नियम पालना नगर्ने ८ वटा बाणिज्य बैंकहरुलाई नगद जरिवाना गरेको हो ।
राष्ट्र बैंकका अनुसार साविकको नेपाल क्रेडिट एण्ड कमर्स बैंक , कुमारी बैंक, राष्ट्रिय वाणिज्य बैंक, साविकको सेञ्चुरी कमर्सियल बैंक (हाल प्रभु बैंक), नेपाल बैंक, ग्लोबल आइएमई बैंक, कृषि विकास बैंक र हिमालयन बैंकलाई कारवाही गरेको हो ।
तत्कालिन एनसीसी र हालको कुमारी बैंकलाई सचेत गराएको छ भने अन्य सबैले नगद जरिवाना तिरेको छ भने बाँकी रहेको बैंकलाई नगद जरिवाना तिराएको छ भने राष्ट्रिय वाणिज्य बैंकलाई १० लाख रुपैयाँ जरिवाना तिराएको छ ।
कसलाई के कारवाही ?
१.तत्कालिन एनसीसी बैंक (हाल कुमारी बैंक) : तत्कालीन नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले सहुलियतपूर्ण सहुलियतपुर्ण कर्जा सम्बन्धि एकिकृत कार्यविधि २०७५ को २६ ९क० विपरीत एकै समुहलाई एक भन्दा बढी सहुलियतपूर्ण कर्जा प्रवाह गरेको, कतिपय कर्जाहरुमा पर्याप्त कर्जा नोक्सानी व्यवस्था नगरेको र कतिपय कर्जाहरुमा यस बैंकको निर्देशन विपरित हुने गरी कर्जाको प्रिमियम दरमा परिर्वतन गरेको हुंदा यस बैंकबाट जारी निर्देशनको उल्लंघन गरेको देखिएकोले तत्कालीन प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२) (क) बमोजिम सचेत गराईएको ।
२. तत्कालिन कुमारी बैंक (हाल कुमारी बैंक) : तत्कालीन कुमारी बैंक लिमिटेडले सहुलियतपूर्ण कर्जा प्रवाह गर्दा कर्जाको औचित्य पुष्टि नहुने गरी कर्जा प्रवाह गरेको, कतिपय मुद्दती निक्षेपमा प्रकाशित व्याजदरभन्दा बढी व्याज प्रदान गरेको, कतिपय कर्जाहरुमा पर्याप्त कर्जा नोक्सानी व्यवस्था एवं जोखिम भार प्रदान नगरेको हुंदा यस बैंकबाट जारी निर्देशनको उल्लंघन गरेको देखिएकोले तत्कालीन कुमारी बैंक लिमिटेडका तत्कालीन प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२) (क) बमोजिम सचेत गराईएको ।
३. तत्कालिन एनसीसी बैंक : प्रमुख कार्यकारी अधिकृतले आफ्नो अख्तियारी भन्दा बाहिर गई कर्जा स्वीकृत गरेकोले तत्कालीन नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडका तत्कालीन प्रमुख कार्यकारी अधिकृत श्री अमृतचरण श्रेष्ठलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२) को खण्ड (ग) बमोजिम राष्ट्र बैंकले ५ लाख रुपैयाँ जरिवाना गरेको छ ।
४. राष्ट्रिय वाणिज्य बैंक लिमिटेड : सम्पति सुद्धिकरण सम्बन्धि ऐन र निर्देशनको उल्लघन गरेकोले राष्ट्र बैंकले १० लाख रुपैयाँ जरिवाना गरेको छ ।
५. तत्कालिन सेन्चुरी कमर्शियल बैंक (हालको प्रभु बैंक) : २०७९ साउन र भदौ महिनामा कर्जा निक्षेप अनुपात कायम नगरेकोले २ करोड ८४ लाख ७ सय ३२ रुपैयाँ ८६ पैसा जरिवाना गरेको छ ।
६. नेपाल बैंक : २०७९ साउन महिनामा कर्जा निक्षेप अनुपात कायम नगरेकोले १८ लाख ५९ हजार ७ सय ५२ रुपैयाँ ३८ पैसा जरिवाना गरेको छ ।
७. नबिल बैंक : २०७९ साउन , भदौ र असोज महिनामा कर्जा निक्षेप अनुपात कायम नगरेकोले ६ करोड ४६ लाख ४५ हजार ३२ रुपैयाँ ७४ पैसा जरिवाना गरेको छ ।
८. ग्लोबल आईएमई बैंक : २०७९ भदौ र असोज महिनामा कर्जा निक्षेप अनुपात कायम नगरेकोले ४ करोड ४२ लाख ४६ हजार ८ सय ३१ रुपैयाँ ०३ पैसा जरिवाना गरेको छ ।
९. कृषि विकास बैंक: २०७९ भदौ महिनामा कर्जा निक्षेप अनुपात कायम नगरेकोले ६९ लाख ५८ हजार ८ सय ३१ रुपैयाँ ८९ पैसा जरिवाना गरेको छ ।
१०.हिमालयन बैंक लिमिटेड : २०७९ भदौ महिनामा कर्जा निक्षेप अनुपात कायम नगरेकोले ७१ लाख ७२ हजार ९ सय ५९ रुपैयाँ ३६ पैसा जरिवाना गरेको छ ।








