काठमाडौं । नेपाली क्रिकेट इतिहासमा पहिलोपटक नेपालका दुवै ओपनर शून्यमा आउट भएका छन् । एसीसी प्रिमियर कपमा ओमानविरुद्ध पहिले ब्याटिङ गरिरहेको नेपालका दुवै ओपनर खाता नखोली आउट भएका हुन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपालका ओपनर कुशल भुर्तेल तेस्रो ओभरको दोस्रो बलमा पहिलो विकेटका रूपमा शुन्यमा पेभेलियन फर्किए । चौथो ओभरको चौथो बलमा अर्का ओपनर आसिफ शेख पनि शून्यमै आउट भए ।
२५ ओभरको खेल सकिँदा नेपालले ४ विकेट गुमाएर १०९ रन बनाएको छ । अहिले आरिफ सेख र कुशल मल्लले उत्कृष्ट खेल्दैछन् । मल्लले १६ बलमा ३१ रन जोडेका छन् भने सेखले २६ बलमा २१ रन बनाएर खेल्दैछन् ।
नेपालका भिम सार्कीले ५६ बल खेल्दै ३३ रन जोडेर चौथो विकेटका रूपमा आउट भए । तेस्रो विकेटका रूपमा आउट भएका कप्तान रोहित पौडेलले ३४ वलमा २३ रन बनाएर इनिङ्स केहि उकासेका थिए ।



