काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य बढेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख १० हजार २ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
विहीबार प्रतितोला १ लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ४ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १० हजार २ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ६ सय ५० रुपैयाँमा कायम भएको छ भने चाँदी मुल्य प्रतितोला १ हजार ४ सय ४५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।