काठमाडौं । घोराही सिमेन्ट इन्डस्ट्रिले प्रिमियम मूल्यमा आईपीओ निष्काशनको लागि नेपाल धितोपत्र बोर्डको अनुमति पाएको छ । कम्पनीले वैशाख ६ गते बोर्डको अनुमति पाएको हो ।
कम्पनीले उद्योग प्रभावित स्थानीय र सर्वसाधारणलाई गरि कुल ७९ लाख ४३ हजार ८ सय १ कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको हो। जस मध्ये ३ लाख ९७ हजार १ सय ९० कित्ता शेयर उद्योग प्रभावित स्थानीयलाई र ७५ लाख ४६ हजार ६ सय ११ कितात शेयर सर्वसाधारणलाई निष्काशन हुने कम्पनीले जनाएको छ ।
कम्पनीले स्थानीयलाई निष्काशन हुने शेयरको मूल्य प्रति कित्ता ४ सय र सर्वसाधारणलाई निष्काशन हुने शेयरको मूल्य प्रति कित्ता ४ सय ३५ रुपैयाँ कायम गरेको छ । शेयर निष्काशनको लागि हिमालयन क्यापिटल र नबिल इन्भेष्टमेन्ट बिक्रि प्रबन्धक रहेको छ ।