images
images

नायव सुब्बासहित लेखापढी व्यवसायीमाथि भ्रष्टाचार मुद्दा दायर


  • 217
    SHARES
  • २०८० बैशाख ७ गते बिहीबार

    नायव सुब्बासहित लेखापढी व्यवसायीमाथि भ्रष्टाचार मुद्दा दायर

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नायब सुब्बासहित लेखापढी व्यवसायीलाई भ्रष्टाचार गरेको भन्दै आरोपपत्र दायर गरेको छ ।

    कार्यालयले जलेश्वर, महोत्तरी, भूमिसुधार तथा मालपोत कार्यालयका नायव सुब्बा रामकृष्ण पण्डित र भू–सेवा केन्द्रका लेखापढी व्यवसायी शुभाष चन्द्रलाल कर्णविरुद्ध आज विशेष अदालतमा आरोप पत्र दायर गरेको हो ।

    आयोगका प्रवक्ता भोला दाहालका अनुसार नायब सुब्बा पण्डितले दाखिला खारेज गरी जग्गाधनी पुर्जासमेत दिलाइदिने भन्दै सेवाग्राहीसँग ९ हजार रुपैयाँ घुस मागी लेखापढी व्यवसायी कर्णलाई राख्न दिई भ्रष्टाचारजन्य कसुर गरेको आरोपमा मुद्दा दायर गरिएको हो ।

    आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले निजलाई सेवाग्राहीसँग ९ हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा अघिल्लो वर्ष फागुन १८ गते नियन्त्रणमा लिइएको थियो । 


    images
    images

    Logo