images
images

अर्थ मन्त्रालयको आर्थिक सल्लाहकारमा ३ जना नियुक्त


  • 334
    SHARES
  • २०८० बैशाख ७ गते बिहीबार

    अर्थ मन्त्रालयको आर्थिक सल्लाहकारमा ३ जना नियुक्त

    काठमाडौं । अर्थ मन्त्रालयको आर्थिक सल्लाहकारमा ३ जना नियुक्त भएका छन् । मन्त्रालयले प्रमुख आर्थिक सल्लाहकारमा अर्थशास्त्री विश्वनाथ पौडेललाई नियुक्त गरेको हो भने अन्य दुई सल्लाहकारमा अर्थविद् डा. पोषराज पाण्डे र डा. गुणाकर भट्टलाई नियुक्त गरेको हो। 

    पौडेल र पाण्डे अवैतनिक (तलब सुविधा नलिने)सल्लाहकार हुने छन्। उनीहरु दुवै राज्यमन्त्री सरह नियुक्त भएका हुन्। पौडेल राष्ट्रिय योजना आयोगको पूर्व उपाध्यक्ष हुन् भने पाण्डे पूर्व सदस्य हुन्, भट्ट नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक छन्। लामो समय राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभाग र बैंक सुपरीवेक्षण विभागको नेतृत्व सम्हालिसकेका भट्ट अहिले बैंक तथा वित्तीय संस्था नियमन विभाग प्रमुख छन्।

    संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुपर्ने हुन्छ। अहिले अर्थमन्त्री डा. महत बजेट निर्माणमा जुटिरहेका छन्। उनले आर्थिक सुधारको छनक दिने र कार्यान्वयन योग्य बजेट निर्माण गर्न सल्लाहकार समूह निर्माण गरेका हुन्।

     

     


    images
    images

    Logo