images
images

२० अर्बको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक


  • 243
    SHARES
  • २०८० बैशाख ७ गते बिहीबार

    २० अर्बको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

    काठमाडौं । नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । आन्तरिक ऋण उठाउने प्रयोजनका लागि राष्ट्र बैंकले विकास ऋणपत्र मार्फत २० अर्ब रुपैयाँ संकलन गर्न लागेको हो ।  ‘विकास ऋणपत्र ०८४ ‘ट’ नाम दिइएको उक्त ऋणपत्रको अवधि ४ वर्षको हुनेछ । ऋणपत्रको ब्याजदर बोलकबोलबाट निर्धारण हुने छ ।

    सो ऋयापत्र खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था बीमा कम्पनी तथा नेपाली नागरिकले बैशाख ७ गते ३ बजेभित्र अनलाइनमार्फत बोलकबोल गनुपर्ने छ । उक्त ऋणपत्रको निष्काशन बैशाख ८ गते हुने बैंकले जनाएको छ । ऋणपत्रको ब्याजदर बोलकबोलबाट निर्धारण हुने छ ।

    यो ऋणपत्र धितो राखेर बैंक तथा वित्तीय संस्था र राष्ट्र बैंकबाट ऋण लिन सकिन्छ भने ऋणपत्रको ब्याज अर्धवार्षिक रुपमा भुक्तानी हुनेछ ।

     


    images
    images

    Logo