काठमाडौं । भेरी नदीमा निर्माणाधीन बेलिब्रिज भाँचिदा ४ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । जाजरकोट–डोल्पा सडक खण्ड अन्तरगत जाजरकोटको तल्लुबगर र रुकुम पश्चिमको आठ विसकोट जोड्ने निर्माणाधीन अवस्थाको बेलिब्रजि भाँचिएको हो ।भेरी नदीमा निर्माणाधीन बेलिब्रिज पुल भाँचिदा त्यसमा काम गर्ने ८ भारतीय कामदार सहित ९ जना गम्भीर घाइते भएका हुन् ।
नलगाढ नगरपालिका १२ मा पर्ने उक्त पुल भाँचिएपछि अहिले उद्धारकार्य जारी छ । उक्त समयमा पुलमा हिँडिरहेका ३ जना भेरी नदीमा खसेर बेपत्ता भएका छन् । घाइते हुनेमा सवै त्यहाँका कामदारहरू भएकाे प्रहरीले जनाएकाे छ ।
घाइतेहरूको उपचार स्थानीय स्वास्थ्य संस्थामा उपाचार भइरहेको छ । त्यस्तै बेपत्ताहरूको पनि खोजीकार्य जारी रहेको बताइएको छ ।