काठमाडौं । नेपाल प्रहरीका १३ जना प्रहरी वरिष्ठ उपरीक्षकलाई प्रहरी नायव महानिरीक्षकमा बढुवा गरिएको छ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले बुधवार बढुवा समितिको सिफारिस अनुसार बढुवा निर्णय गरेका हुन् ।
२०७९ चैत २९ मा बढुवा समितिले एसएसपीहरुलाई डिआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो । डीआईजीमा बढुवा हुनेमा कुवेर कडायत, केदार ढकाल, विष्णु कुमार के.सी, भरत बहादुर बोहरा, रबिन्द्र के.सी, राजेशनाथ बास्तोला, चन्द्र कुवेर खापुङ, जनक भट्टराई, लालमणी आचार्य, सुरेन्द्र प्रसाद मैनाली, अर्जुन चन्द ठकुरी, यज्ञ विनोद पोखरेल, र विकाश राज खनाल छन् ।