काठमाडौं । आज सुनचाँदी बजारमा आज सुनको मूल्य घटेको छ । विहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ८ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार प्रतितोला १ लाख १० हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ५ सय रुपैयाँले घटेर १ लाख ९ हजार ८ सय रुपैयाँमा कायम भएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ३ सय रुपैयाँमा कायम भएको छ भने चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय ४५ रुपैयाँमा कायम भएको छ ।