images
images

वाणिज्य बैंकको नाफा ४८ अर्ब ७० करोड, २ अर्ब माथि  कमाउनेमा ९ बैंक


  • 246
    SHARES
  • २०८० बैशाख ७ गते बिहीबार

    वाणिज्य बैंकको नाफा ४८ अर्ब ७० करोड, २ अर्ब माथि  कमाउनेमा ९ बैंक

    काठमाडौं । नौ महिनामा वाणिज्य बैंकहरुले ४८ अर्ब ७० करोड नाफा कमाएका छन् । चालु आर्थिक वर्षको पहिलो ९ महिनामा सञ्चालनमा रहेका २१ बैंकले सो बराबरको नाफा कमाएका हुन् । अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरुले ४३ अर्ब ५१ करोड नाफा कमाएका थिए । अहिलेको नाफा अघिल्लो वर्षभन्दा करिव १२ प्रतिशत बढी हो । 

    २१ बैंकमध्ये ५ वटा बैंकको नाफा ३ अर्बभन्दा माथि छ । थप ४ बैंकको २ अर्ब माथि हुँदा बाँकी १२ बै‌ंकको नाफा २ अर्ब भन्दा कम छ । 

    यो अवधिमा सर्वाधिक नाफा नबिल बैंकले गरेको छ । सो बैंकले उच्च निष्क्रिय कर्जाका बाबजुद ५ अर्ब ११ करोड नाफा कमाउन सफल भएको हो । त्यस्तै, ग्लोबल आईएमईले ४ अर्ब ३५ करोड, एनआईशी एशियाले ४ अर्ब १ करोड राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब ५७ करोड तथा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ३ अर्ब ४ करोड नाफा कमाएका छन् । 

    बैंकले २ अर्ब भन्दा माथि नाफा कमाउने बैंकमा एनएमबि, स्ट्यान्डर्ड चार्टर्ड, प्राइम र एभरेष्ट बैंक रहेका छन् । 

     


    images
    images

    Logo