images
images

माछापुच्छ्रे बैंकको नाफा १ अर्ब ३५ करोड, यस्ता छन् अन्य सूचक


  • 239
    SHARES
  • २०८० बैशाख ७ गते बिहीबार

    माछापुच्छ्रे बैंकको नाफा १ अर्ब ३५ करोड, यस्ता छन् अन्य सूचक

    काठमाडौं । ९ मिहनामा माछापुच्छ्रे बैंकले १ अर्ब ३५ करोड नाफा गरेको छ । आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमाससम्ममा बैंकले सो बराबरको नाफा कामएको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ५५ करोड नाफा गरेको बैंकको नाफा यो अवधिमा तुलनात्मक रुपले घटेको छ । 

    बैंकको नाफामा गिरावट आउनुमा निष्क्रिय कर्जा अनुपातको वृद्धि मुख्य कारण रहेको देखिएको छ । अघिल्लो वर्षको चैतसम्म ०.८७ प्रतिशत रहेको यो अनुपात यो त्रैमासमा आइपुग्दा २.३७ प्रतिशत पुगेको छ । सोही कारण बैंकले इम्पेरिमेन्ट चार्जबापत छुट्याउनुपर्ने रकम ८१ करोड ९५ लाख पुगेको छ । अघिल्लो वर्ष यस्तो रकम २४ करोड ९ लाख रुपैयाँ मात्रै थियो । 

    एक वर्षको अवधिमा बैंकको व्यवसाय वृद्धि सामान्य बढ्दा बैंकको खुद व्याज आम्दानीमा भने राम्रो सुधार देखिएको छ । चैतसम्म बैंकले ४ अर्ब १३ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्ष उक्त आम्दानी ३ अर्ब ६० करोड रहेको थियो । 

    चैत मसान्तसम्ममा बैंकले १ खर्ब ४५ अर्ब निक्षेप संकलन गर्दा १ खर्ब २८ अर्ब रुपैयाँ रकम ऋण परिचालन गरेको छ । 


    images
    images

    Logo