images
images

सधैँ आक्रामक देखिने एनआईसी एशियाले यसपटक कसरी गुमायो प्रतिस्पर्धात्मक क्षमता ?


  • 707
    SHARES
  • २०८० बैशाख ७ गते बिहीबार

    सधैँ आक्रामक देखिने एनआईसी एशियाले यसपटक कसरी गुमायो प्रतिस्पर्धात्मक क्षमता ?

    काठमाडौं । निजी क्षेत्रको बैंकमा सधैँ चर्चामा आइरहने बैंक हो एनआईसी एशिया । कहिले आक्रामक व्यवसाय विस्तारका कारणले त कहिले चर्को ब्याज एवं ऋणीमाथिको शोषणका कारण चर्चामा आइरहने एनआईशी एशिया बैंकले वित्तीय विवरणमा पनि पटकपटक चमत्कार गर्दै आएको थियो । तर, यसपटक भने बैंकको नाफा विस्तारको गति खस्किएको मात्रै छैन, अन्य बैंकसँगको प्रतिस्पर्धात्मक क्षमतामा समेत ह्रास आएको छ । 

    बैंकले चालु वर्षको तेस्रो त्रैमासमा ४ अर्ब १ करोडको खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको सोही अवधिको भन्दा यो करिब ११ प्रतिशतको वृद्धि हो । तर, प्रतिस्पर्धात्मक अवस्थामा रहेको नबिल बैंकले यो अवधिमा ५३ प्रतिशत बढाउँदा एनआईसी एशियाको भने नाफा वृद्धिमा संकुचन आएको हो । 

    बैंकको नाफा उल्लेख्य रुपमा बढ्न नसक्नुमा बैंको व्यवसाय विस्तारमा आएको रुकावट मुख्य कारण रहेको देखिएको छ । एक वर्षको अवधिमा सो बैंकको निक्षेपमा २५ अर्ब र कर्जामा १४ अर्बको मात्रै वृद्धि देखिएको छ । बैंकले खुद व्याज आम्दानीमा करिब १ अर्बको वृद्धि हासिल गरे पनि कर्मचारी खर्च र सञ्चालन खर्च समेत उत्तिकै बढ्दा नाफा वृद्धिमा संकुचन आएको हो । 

    उक्त बैंकसँग हाल ०.८५ प्रतिशत मात्रै निष्क्रिय कर्जा रहेको वित्तीय विवरणमा उल्लेख गरिएको छ । वित्तीय क्षेत्रमा संकटकोबीच यो अनुपात सुखद हो । तर, बैंको पुँजीकोषको लागत र आधारदर भने अन्य बैंकको भन्दा उच्च छ । सीडी रेसियो तोकिएको सीमामा कायम राख्न नसकेको बैंकको स्प्रेडदर ४.१९ प्रतिशत छ । यसलाई तोकिएको ४ प्रतिशतको सीमामा ल्याउँदा बैंकको नाफा थप प्रभावित हुने देखिन्छ । 

    यद्यपि २ वर्षसम्म नाफा वितरण नगरेको प्रभावले बैंकको प्रतिशेयर आम्दानी ४६ रुपैयाँ भन्दा बढी छ । यो बैंकिङ क्षेत्रमै सम्भवत: सर्वाधिक हो । नियामकीय रिजर्भमा ठूलो रकम नजाँदा बैंकको प्रतिशेयर वितरणयोग्य नाफा करिब ३१ रुपैयाँ छ । 

     


    images
    images

    Logo