काठमाडौं । बिहीबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक र अन्तराष्ट्रिय उडान बन्द हुने भएको छ ।
सो दिन विद्युत आपूर्ति प्रणालीलाई थप सुदृढीकरण गर्ने सिलसिलामा अनलाइन युपिएस जडान गर्नुपर्ने भएकाले विमानस्थल बिहीबार बिहान ६ घण्टा बन्द हुने भएको हो ।
विमानस्थल बिहान १ बजेदेखि बिहान ७ बजेसम्म बन्द हुनेछ । सो समयमा उडानका क्रममा रहेका यात्रुले सम्बन्धित एयरलाइन्ससँग सम्पर्क गर्ने विमानस्थलले अनुरोध समेत गरेको छ ।