काठमाडौं । वैशाख १० गते हुन गइरहेको उपनिर्वाचनमा ६ प्रकारको परिचयपत्र देखाएर मतदान गर्न सकिनेछ । मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै निर्वाचन आयोगले मतदाता परिचयपत्रसहित अन्य ५ प्रकारका परिचय पत्रमध्ये जुनसुकै देखाएर पनि मतदान गर्न सकिने बारे बताएको हो ।
बारा–२, चितवन–२ र तनहुँ–१ मा हुने उपनिर्वाचनमा मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गाधनी प्रमाणपूर्जा वा सवारी अनुमति पत्रको सक्कल प्रमाण देखाएर मतदान गर्न सकिने आयोगले जनाएको छ ।
मतदाता नामावलीमा नाम भएका नागरिकहरुले परिचय खुल्ने किसिमका उल्लेखित प्रमाणपत्र देखाई मतदानमा भाग लिनसक्ने आयोगले जनाएको छ ।