काठमाडौं । नेपालमा कोरोना संक्रमित हुनेको संख्या बढ्दै गएको छ । आज कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ । मंगलबार स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा थप १ सय ७१ जनामा संक्रमण पुष्टि भएको जनाइएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कुल २ हजार २ सय ९२ जना गरिएको नुमना परीक्षणमा १ सय ७१ जना नयाँ संक्रमित भेटिएको छ । जसमध्ये ९ सय ८० जनामा गरिएको आरटीपीसीआर परीक्षणमा १ सय ५ जना र १ हजार ३ सय १२ सय जनामा गरिएको एन्टीजेनमा ६६ जना संकमित भटिएको छ ।
मन्त्रालयका अनुसार अहिलेसम्म ३ सय ९७ जना सक्रिय सक्रिमित भटिएको छ । त्यस्तै ३१ हजार ४ सय ९३ जनाले खोप लगाएका मन्त्रालयले जनाएको छ ।यस्तै संस्थागत आइशोलेशनमा २२ जना, आईसीयूमा ८ जना र भन्टिलेटरमा ४ जना उपचाररत छन् ।