images
images

सन्दीप लामिछानेले तोडे विश्व रेकर्ड


  • 1.5K
    SHARES
  • २०८० बैशाख ५ गते मंगलबार

    सन्दीप लामिछानेले तोडे विश्व रेकर्ड

    काठमाडौं । नेपाली क्रिकेटका स्पीनर सन्दीप लामिछानेले विश्व रेकर्ड बनाएका छन् । उनले सबैभन्दा कम अन्तराष्ट्रिय एकदिवसीय खेल (ओडीआई) मा १ सय विकेट पूरा गर्ने विश्व रेकर्ड बनाएका हुन् । 

    यसअघि यो रेकर्ड अफगानिस्तानका बलर राशिद खानको नाममा थियो । उनले ४४ खेलमा १०० विकेट पूरा गरेका थियो । अहिले सन्दस्पले ४१ खेलमा उक्त रेकर्ड बनाएका हुन् । 

    आज मलेसियाविरुद्ध नेपालको खेलमा लामिछानेले ३ विकेट लिएका थिए । उनले खेलेका ४१ खेलमा उनको १ सय १ विकेट भएको छ । आजको खेलमा मलेसियाले नेपाललाई २ सय ३६ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले व्याटिङको निर्णय लिएको मलेसियाले निर्धारित ५० ओभरको खेलमा ९ विकेट गुमाएर २ सय ३५ रन बनाएको हो । 

    नेपालका लागि सोमपाल कामी र सन्दीप लामिछानेले ३–३ विकेट लिए । ललित राजवंशीले २ र गुल्सन झाले १ विकेट लिए ।


    images
    images

    Logo