काठमाडौं । राष्ट्रिय सभाको बैठक अनिच्छितकालको लागि स्थगित भएको छ । मंगलबार दिउँसो २ः२१ गते बस्ने भनिएको राष्ट्रिय सभाको बैठक अर्को सुचना जारी नभएसम्मका लागि स्थगित भएको संघीय संसद सचिवालयले जनाएको छ ।
महासचिव गौतमले राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाको निर्देशनमा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको सूचनामै उल्लेख गरेका छन् । राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम ३ बमोजिम बैठकको मिति अर्को सूचनाबाट तोकिने उल्लेख छ ।
यसअघि चैत ३० गतेका लागि बोलाइएको बैठक पनि राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाकै निर्देशनमा स्थगित गरिएको थियो । चैत ३० गतेका लागि बोलाएको बैठक स्थगित भएर वैशाख ४ गतेका लागि तोकिएको थियो ।
वैशाख ४ गतेको राष्ट्रिय सभाको बैठकले वैशाख ५ गते दिउँसो २ बजेर ३१ मिनेटमा अर्को बैठक बस्ने तय गरेको थियो ।




