images
images

सुकुम्बासी बस्तीमा डोजर लगाउने निर्णय कार्यान्वयन नगर्न आदेश


  • 236
    SHARES
  • २०८० बैशाख ५ गते मंगलबार

    सुकुम्बासी बस्तीमा डोजर लगाउने निर्णय कार्यान्वयन नगर्न आदेश

    काठमाडौं । उच्च अदालत पाटनले सुकुम्बासी बस्तीमा डोजर लगाउने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ । न्यायाधीशद्वय दुर्गाबहादुर विश्वकर्मा र दीपेन्द्र अधिकारीको इजलासले उक्त आदेश गरेको हो । 

    गत चैत १७ गते न्यायाधीश धीरबहादुर चन्दको एकल इजलासले दिएकोे अन्तरिम आदेशलाई निरन्तरता दिँदै इजलासले यही वैशाख १३ गते छलफलका लागि दुवै पक्षलाई बोलाउने निर्णय गरेको छ ।
     
    इजलासले ‘बस्ती खाली गर्नु’ भनी गत चैत ११ गते काठमाडौँ महानगरले जारी गरेको सूचना तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको हो । महानगरले खोला किनारमा रहेका सुकुम्बासी बस्ती खाली गर्न सूचना जारी गरेको थियो । 

    सूचनामा ‘नदी किनार, नदी उकास तथा नदी बहाव क्षेत्रमा बनेका अनधिकृत संरचना सात दिनभित्र हटाउनु’ भनी सूचना जारी गरेको थियो । अदालतले दिएको अन्तरिम आदेश निरन्तरता दिएसँगै बस्ती हटाउने प्रक्रिया तत्कालका लागि रोकिएको छ 


    images
    images

    Logo