images
images

मर्जर प्रश्चात प्रभु र सेञ्चुरी बैंकको कुन–कुन शाखा बन्द हुँदैछन् ?


  • 282
    SHARES
  • २०८० बैशाख ५ गते मंगलबार

    मर्जर प्रश्चात प्रभु र सेञ्चुरी बैंकको कुन–कुन शाखा बन्द हुँदैछन् ?

    काठमाडौं । प्रभु बैंक र साविक सेञ्चुरी कमर्सियल बैंक एक आपसमा मर्जर भए प्रश्चात एकै ठाउँमा भएका दुवैका ५१ वटा शाखा बन्द हुने भएका छन् । 

    जसमध्ये प्रभु बैंकका १० वटा र सेञ्चुरी कमर्सियल बैंकको ४१ वटा शाखा कार्यालयहरु एक आपसमा गाभिने भएका छन् । 

    बैंकको एकै स्थानमा रहेका उक्त शाखाहरुलाई समायोजन गरि एउटै शाखाबाट कारोबार हुने भएका छन् । प्रभु र सेञ्चुरी बैंक मर्जर पश्चात प्रभु बैंकको नामबाट गत पुस २६ गते  गतेदेखि एकीकृत कारोबार गरिरहेका छन् ।

    दुबै बैंकबीच मर्जर भएको ३ महिना पछि शाखा कार्यालय गाभिने भएका हुन् । दुवै बैंकका ५१ वटा शाखा कार्यालय एक आपसमा गाभिएर बैशाख १० गतेदखि  कारोबार हुने भएको बैंकले जनाएको छ ।

    pr.jpg


    images
    images

    Logo