images
images

बेष्ट फाइनान्सले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?


  • 400
    SHARES
  • २०८० बैशाख ५ गते मंगलबार

    बेष्ट फाइनान्सले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?

    काठमाडौं । बेष्ट फाइनान्सले साधारणसभा बोलाएको छ । सोमबार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    कम्पनीले वैशाख २९ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा बिहान ११ बजे बस्नेगरी सभा बोलाएको छ । सो सभाले भविष्यमा कुनै बैंक तथा वित्तीय संस्थासँग गाभ्ने गाभिने  कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिनेछ । 

    साथै, लेखा परिक्षक नियुक्त गर्ने, २०७८र७९ को वित्तीय विवरण पारित गर्ने लगायतका एजेण्डा कम्पनीको रहेको छ । 

    सो प्रयोजनका लागि कम्पनीले वैशाख १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । 


    images
    images

    Logo