images
images

जिसस सदस्य कालीबहादुर तिला नदीमा बेपत्ता


  • 226
    SHARES
  • २०८० बैशाख ४ गते सोमबार

    जिसस सदस्य कालीबहादुर तिला नदीमा बेपत्ता

    कालिकोट । जिल्ला समन्वय समिति कालिकोटका सदस्य कालीबहादुर बिश्वकर्मा तीनदिनदेखि बेपत्ता भएका छन । शनिवार तिला नदीमा बेपत्ता भएका बिश्वकर्मा अझै फेला नपरेको प्रहरीले जनाएको  छ ।

    शनिबार जिल्लाको तिलागुफा नगरपालिका-१ भिग्म भन्ने स्थानमा तिलाबाट दाउरा निकाल्ने क्रममा बेपत्ता भएका विश्वकर्मा अझै फेला नपरेको प्रहरीको भनाइ  छ । विश्वकर्माको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ । 

    गत स्थानीय निर्वाचनमा कांग्रेसबाट वडा सदस्य निर्वाचित ३७ वर्षीय विश्वकर्मा भदौमा गठबन्धनको तर्फबाट जिल्ला समन्वय समिति कालिकोटको सदस्यमा निर्वाचित भएका थिए ।


    images
    images

    Logo