नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्ष पदका लागि आज चुनाव हुँदैछ । निर्वाचित कार्यकारिणी समिति सदस्यबाट एक जना कोषाध्यक्ष निर्वाचित हुनेछन् । त्यसका लागि साँझ ५ बजे निर्वाचनको तय गरिएको छ ।
कोषाध्यक्षमा ४ जना आकांक्षी देखिएका छन् । प्रबलजंग पाण्डे र निरक केसीबीच प्रतिस्पर्धा हुने देखिएको छ । पाण्डे वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठनिकट हुन् । केसी भवानी राणा नेतृत्वको महासंघमा यसअघि पनि कोषाध्यक्ष थिए । महासंघको नयाँ कार्यसमितिका ७१ सदस्यले कोषाध्यक्षको निर्वाचनमा मतदान गर्नेछन् ।