काठमाडौं । व्याजदर घट्ने घोषणा, राष्ट्र बैंकको सन्देश र सरकारको आश्वासन लगायत कारणले २०७९ बुधबार उच्च अंकमा बढेको शेयर बजारदे दिनदिनै करेक्सनको बाटो लिँदै गएको छ । बिहीबारदेखि नै निरन्तर रुपमा घटिरहेको नेप्सेले सोमबार पनि त्यही दिशालाई निरन्तरता दिँदै २३ अंकको करेक्सन लिएको हो । योसँगै नेप्से परिसूचक १९०८ को विन्दुमा झरेको छ ।
आज बजारमा करिब ९२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । बजारमा उत्साह नदेखिँदा कारोबार भएकामध्इे १ सय ८८ वटा कम्पनीको मूल्यमा गिरावट आएको छ । २३ वटा कम्पनीको मूल्य बढ्दा ७ कम्पनीको मूल्य स्थिर रहेको देखिएको छ ।