images
images

टेलिकमको प्राङ्गण बाहिर गरुड सेक्युरिटीका सुरक्षा गार्डहरुको धर्ना


  • 234
    SHARES
  • २०८० बैशाख ४ गते सोमबार

    टेलिकमको प्राङ्गण बाहिर गरुड सेक्युरिटीका सुरक्षा गार्डहरुको धर्ना

    काठमाडौं । गरुड सेक्युरिटी कम्पनीका सुरक्षा गार्डहरुले नेपाल टेलिकममा धर्ना दिएका छन् । यसअघि सो सेक्युरिटी कम्पनीको तर्फबाट टेलिकममा सुरक्षा गार्डहरु कार्यरत रहेकोमा टेलिकमले सेवा प्रदायक परिवर्तन गरेपछि उनीहरु धर्नामा बसेका हुन् । 

    गरुडले टेलिकमसँग चैत मसान्तसम्मको सम्झौता गरेको थियो । सोही कारण बैशाख १ गतेदेखि सो सम्झौता स्वतः समाप्त भएको थियो । सम्झौता समाप्तिसँगै उक्त कम्पनीका सुरक्षा गार्डहरुले टेलिकममा प्रवेश पाएका थिएनन् । उनीहरु आइतबारदेखि टेलिकममा धर्नामा बसेका हुन् । कम्पनीसँग सम्झौता नवीरकण गर्नुपर्ने उनीहरुको माग छ । 

    यसैबीच टेलिकमले प्रतिस्पर्धाका आधारमा अर्को सेवा प्रदायक कम्पनी छनौट भइसकेको भन्दै त्यस्तो कम्पनीको कर्मचारीसँग टेलिकमको कुनै सरोकार नहुने प्रष्ट्याएको छ । नेपाल टेलिकमले आवश्यकता बमोजिम विभिन्न सेवा प्रदायक कम्पनीसँग निश्चित समय तथा कार्य तोकी आवश्यक सेवा लिने गरेको भन्दै टेलिकमले समयावधि वा तोकिएको कार्यावधि समाप्तिसँगै उक्त सेवा प्रदायक कम्पनीसँगको दायित्व समेत स्वतः समाप्त हुने जनाएको छ ।


    images
    images

    Logo