images
images

रिक्त प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन तीन दल सहमत


  • 349
    SHARES
  • २०८० बैशाख ४ गते सोमबार

    रिक्त प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन तीन दल सहमत

    काठमाडौं । प्रधानमन्त्री र सभामुखसहित प्रमुख तीन दलका शीर्षनेताहरूबीच सर्वोच्च अदालतको रिक्त प्रधानन्यायाधीश पदमा संवैधानिक परिषद्को बैठकबाट सिफारिस गर्ने सहमति भएको छ ।

    लामो समेदेखि उक्त पद रिक्त रहेको छ । प्रमुख प्रतिपक्षी नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा भएको भेटवार्तामा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाबीच भएको छलफलमा सो सहमति भएको नेपाली कांग्रेसका नेता रमेश लेखकले जानकारी दिनुभयो ।

     नेता लेखकले सो पदमा नियुक्तिको प्रक्रिया अघि बढाउन प्रधानमन्त्री दाहालले प्रस्ताव गर्दा एमाले अध्यक्ष ओलीले सहमति जनाएको बताउनुभयो । परिषद्को सिफारिसबारे संसदीय सुनुवाइ भएपछि नियुक्ति हुनेछ ।

    उनले संसद्मा विचाराधीन सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिनसम्बन्धी ऐन, २०७१ को संशोधन विधेयक, संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयकलाई अघि बढाउने विषयमा पनि छलफल भएको बताए । 


    images
    images

    Logo