भक्तपुर । भक्तपुरमा आज भक्तपुर विशेष सांगीतिक साझँ– २०८० हुने भएको छ । औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर बाइज ब्याण्डको आयोजनामा उक्त साझँ हुनेछ । दिउँसो १ बजेपछिबाट साझँसम्म कार्यक्रम संचालन हुने औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतले बताए ।
सल्लाघारीस्थित ९९ रोपनीको चौरमा हुने सांगीतक कार्यक्रममा ख्यातिप्राप्त कलाकारहरुले आफ्नो प्रस्तुति दिनेछन् । महतका अनुसार, सो सांगीतिक साँझमा र्यापर जी.बब, छेवाङ्ग लामा, मानस राज, प्लस डीभाइस, बिनु शाक्य, आयुष अधिकारी, एलिना चौहानलगायतका विशेष प्रस्तुति रहनेछ ।
भक्तपुर औधोगिक मेलाको समापनसंगै आयोजना गरिएको कार्यक्रमको प्रवेश शुल्क २ सय रुपैयाँ रहेको आयोजक मध्पुर व्वाइज बैण्डका अध्यक्ष सुनिल बज्राचार्यले बताए ।