images
images

भक्तपुर महोत्सवमा आयोजित नृत्य प्रतियोगीलाई नगद पुरस्कार 


  • 325
    SHARES
  • २०८० बैशाख ४ गते सोमबार

    भक्तपुर महोत्सवमा आयोजित नृत्य प्रतियोगीलाई नगद पुरस्कार 

    भक्तपुर । भक्तपुर महोत्सवका अवसरमा आयोजित नृत्य प्रतियोतिमा प्रथम, द्धितिय, तृतिय, चौथो र पाँचौ हुनेलाई नगद पुरस्कार सहित पुरस्कृत गरिएको छ । आयोजक मध्यपुर व्वाइज ब्याण्डका अध्यक्ष सुनिल बज्राचार्यका अनुसार, नृत्य प्रतियोगितामा प्रथम हुने विपिना तामाङलाई नगद ३० हजार, दोश्रो हुने परिचित पुरी र दिपसन कार्कीलाई नगद। २० हजार, तेश्रो हुने अजय थिङ लामालाई  १० हजारसहित सम्मान गरिएको हो । 

    त्यसैगरी चौथो तथा पाँचौ स्थान हुने विनर राई तथा मनधवज तामाङलाई तीन–तीन हजार नगद सहित पुरस्कृत गरिएको थियो । प्रतियोगितामा निर्देशक, कलाकार एवं सञ्चारकर्मी सूर्य चन्द, नृत्य संयोजन एवं कोरियोग्राफर इन्द्र बिसुन्के र गायक तथा सञ्चारकर्मी सुमनकुमार श्रेष्ठले निर्णायकको भूमिका निर्वाह गरेका थिए । महोत्सव समापनका अवसरमा प्रतिनिधिसभा सदस्य एवं नेपाली काँग्रेसका नेता दूर्लभ थापाले उनीहरुलाई नगद पुरस्कार प्रमाण पत्र प्रदान गरेका थिए ।

     सोहि समारोहमा भक्तपुरको प्रतिनिधित्वगर्दै अन्तर्राष्ट्रिय पदक जित्ने सात खेलाडीलाई नगदसहित सम्मान गरिएको थियो । पाँच हजार नगद पुरस्कारसहित सम्मानित हुनेहरुमा भारोत्तोलन खेलाडी रोशन मानन्धर, रतनसुन्दर नाखुसी, तारा सुवाल, कबड्डी खेलाडी सरमन प्रजापति, तेक्वाण्डो खेलाडी किरण सितुखु, सुस्मिता तामाङ, बक्सिङ खेलाडी बिजय बाटा रहेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिपक थापाले बताए । 

     आयोजक औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष शन्दीप महतका अनुसार, सोहि कार्यक्रममा तीन पत्रकारलाई पनि सम्मान गरिएको थियो । लामो समय भक्तपुरमा पत्रकारिताको माध्यमबाट संस्कृति, पर्यटन तथा औधोगिक क्षेत्रको बिकासमा पु¥याएको योगदानको भन्दै पत्रकार पेशल आचार्य, रमेश गिरी र हेमराज ढकाललाई सम्मान गरिएको हो । महोत्सव समापनका अवसरमा प्रतिनिधिसभा सदस्य दूर्लभ थापाले तीनै जनालाई सम्मान पत्र प्रदान गरि सम्मान गरेका थिए ।


    images
    images

    Logo