चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेका सवारी चालक शम्भु थापा घरको छतबाट हाम फालेर घाईते भएका छन्।
भरतपुर–११ स्थित लामिछाने बस्ने गरेको घरमै सुतेका ३५ वर्षीय थापा गएराती १२ बजेतिर दुई तलामाथिको छतबाट हाम फालेको बताइएको छ ।
गम्भीर घाइते थापाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको चितवन प्रहरीले जनाएको छ । प्रहरी प्रवक्ता डीएसपी विजय पण्डितका अनुसार, थापाको टाउको र खुट्टामा चोट लागेको छ।
निर्वाचन प्रचारका क्रममा रहेका रविसंगै रहेका थापा पार्टीका अर्का नेता मुलुक ढकालका चालकसंगै सुतेको बताइएको छ । घट्नाका सम्बन्धमा रहस्यमय प्रहरीले अनुसन्धान थालेको जनाएको छ।